सुस्ता गाउँपािलका काे परिचय :

          यस सुस्ता गाउँपालिका प्रदेश नं. ५ मा पर्ने नवलपरासी जिल्लाका १५ वटा स्थानिय तह अन्र्तगत एक हो । यस गाउँपालिकाको सिमाना पूर्वमा विनिय त्रिवेणी गाउँपालिका र भारत, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा बर्दघाट नगरपालिका र विनयी त्रिवेणी गाउपालिका र दक्षिणमा भारत सँग जोडिको छ । यस गाउँपालिकाको अधिकांश भुभाग समथर रहेको छ । घोषणा हुंदा ४ नं. प्रदेशमा रहेको र पछि ५ नं. प्रदेशमा कायम गरिएको यो सुस्ता गाउँपालिका साबिकका कुडिया गा.वि.स., त्रिवेणी सुस्ता गा.वि.स. को वडा नं. ४ , रुपौलीया गा.वि.स. को ३ देखी ९ वडा, नर्सही गा.वि.स. र पक्लीहवा गा.वि.स. मिलि बनेको र ५ वटा वडा भित्र विभाजित रहेको छ । पवित्र, प्रशिद्ध, धार्मिक एंव ऐतिहासिक रुपमा अन्तराष्टिय स्तरमा परिचित नारायणी नदि को किनारामा ९१.२४ वर्ग किलो मिटरमा फैलिएको यस गाउपालिकामा मधेसी,दलित, बाह्रमण,क्षेत्रि,मगर, नेवार आदि जातिहरु गरि करिब ४००० घर परिवारका ३५८९० जनाको बसोबास रहेको छ । यस गाउँपालिकाका ९५ प्रतिशत जनताहरु निर्वाहमुखि कृषि र पशुपालन पेशामा संलग्न रहेका छन् भने ५ प्रतिशत जनताहरु अन्य पेशामा संलग्न रहेका छन । समग्रमा यहाँका वासिन्दाहरुको जीवनस्तर मध्यम खालको रहेको छ ।